मात्र तिमीलाई हेरेर रमाउँछु
आनन्दले अंगालोमा बेरेर रमाउँछु
लेख्दै हुन्छु कविता तिम्रो कल्पनामा डुब्दै
कल्पनामै तिम्रो चित्र केरेर रमाउँछु
एक्लै एक्लै एकान्तमा शुन्यतामा हराउँदा
ढुकढुकीमा तिम्रै शास फेरेर रमाउँछु
कहिले कहीं सपनामा किन भाग्छौ मदेखि
शिकारी झैं तिमीलाई घेरेर रमाउँछु
मात्र तिमीलाई हेरेर रमाउँछु !
