गैडाकोटलाई गजलको, शहर बनाउनुछ
सबको मनमा बस्न सक्ने, वहर बनाउनुछ
खडेरीले सुकेका ,शेरका ती फाँटलाई
सिंचित गर्न सृजनाको, नहर बनाउनुछ
मुलुककै मध्ये भाग, भावनाको खानी यसमा
निशा पछि आउने सुन्दर, प्रहर बनाउनु छ
सदुपयोग गरौ अब, रचनात्मक पाखुरीलाई
छ्चल्काउने समुद्रको, लहर बनाउनु छ
उठी अब जूटौ सबै, हातेमालो गरिकन
गर्न सके हुन्छ भन्ने, ठहर बनाउनु छ
सुर्य प्रकास भुसाल
गैडाकोट, नवलपरासी
