भोग्नु पीडा भोगेपछि
तिम्रो मायाको अर्थ के ?
मुटु जल्नु जलेपछि
तिमी फर्कनुको अर्थ के ?
भैगो जाऊ टाढा कतै
आँखाहरूमा नछाऊ
सुकिसकेका परेलीलाई
रुझाउन नआऊ
जोगाउँछु भथेँ तिमीलाई
तिमीले वा‚तै गरिनौ
म लड्दा मरुभूमिमा
पानी बनी झरिनौ
रोप्नु तीर रोपेपछि
मलमको अर्थ के ?
गन्तव्य नै भुलेपछि
बाटाहरूको अर्थ के ?
ललिता ‘दोषी’
मधुपर्क २०६९ साउन
