Skip to content

अन्जानमै मुटुमा (दुई मुक्तक)

  • by


अन्जानमै मुटुमा घाउ पार्नेहरू यत्रतत्र छन्
घरिघरि आस्थाकै डेरा सार्नेहरू यत्रतत्र छन्
यसरी त हुँदैहुन्न समानता, एक, दुई, तीन हुन्न
रिबन काटेर सभामा, समाजमा पानी बार्नेहरू यत्रतत्र छन्

सलाई कोरेर अम्मल खानेलाई आगोको के डर भो
घुमिफिरी सत्ताकै सती जानेलाई आगोको के डर भो
यौटै मौकामा सत्र चौका हान्न सिपालु छ–साने
घर जलेर परिवारै खरानी बनून्–सानेलाई आगोको के डर भो

छवि ज्ञवाली
सिसास, भैरहवा, रूपन्देही

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *