Skip to content

पिपलु बोटैमा ऐंजेरु पलायो

  • by


पिपलु बोटैमा ऐंजेरु पलायो
सँगसँगै हिंडेको बाटो नै हरायो
दिन लाग्यो यस्तरी दैव नै खनियो
तिमी पूर्व म पश्चिम सबै नै सकियो

कतिले लेखे प्रीतिका कथा सूनौला पानामा
कतिले राखे बसन्ती फूल मनको कुनामा
मन कता माया झन कता निसाफै हरायो

जे थियो हिजो छैन नि आज रैछ नि सपनी
सपनीभन्दा सात गुणा खुनी भइदियो विपनी
दुईचार किताब पढेर प्रीति सकिन्न बुझ्नलाई
आखिर रहन्छ दुईथोपा आँसु हातैले पुछ्नलाई

शब्द – आनन्द अधिकारी
स्वर – ईश्वर आमात्य
संगीत – आलोकश्री
एल्बम – छायाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *