मुर्दाहरूको शहर थियो
जहाँ, खचाखच भिडहरू माझ
चान्डालहरू नृत्य गर्दै थिए !
… त्यो भिड ? अहँ.. त्यो भिड पनि हैन
भेडाहरूको बस्ती थियो !
उन्मत्त भेडाहरू मस्त धुलो उडाउदै
एक हुल, कोही बुट्यानहरूमा
एक तमासले नृत्य गर्दै थिए ।
गोठालाहरू कोही उत्तरतिरबाट
कोही दक्षिणतिरबाट इशारा गर्दै थिए
कोही जमिनमा थिए त कोही सास गन्दै थिए
त्यो दुनियाका मान्छेहरू
हिजोसम्म त हिड्दै थिए !
अब त दौडन लागे
के थाहा कहिले सम्म दौडने हुन ?
कसलाई थाहा छैन, अफसोच कसैलाई छैन
यो मुर्दा शहर जलेर मसानघाटमा लिप्त हुनेछ ।
