Skip to content


२१ औं शताब्दीमा
ढुंगे यूग जिइरहेका हामीहरू
मकुराको जालो झै फैलिएका
तारहरू बीच
मैनबत्तीको मधुरो प्रकाशमा
उज्याँलो खोज्ने हामीहरू
सम्पन्नताका नाममा सबै भएरै पनि
उपभोग गर्न बन्चित हामीहरू

आज भोलि हामीहरू
दृष्य नआउने टि.भी हेछौं
आवाज नबज्ने रेडियो सुन्छौं
नघुम्ने पंखामा सितलता खोज्छौं
नतात्ने आइरनले इस्टी लगाउछौं
अनि मख्ख पर्छौं
बिधुत प्राधिकरणको
पाक्षिक उपहार योजनामा

जसले जे सुकै गरोस्
हामी चुपचाप सहन्छौं
लोडसेडिङ्ग जति बढोस्
हामी त्यसैमा रमाउछौं
किनकि हामी २१ औं शताब्दीका
सहनशील मानव हौं
जो चाहिने ठाँउमा बोल्दैनौं
र नचाहिने ठाँउमा बोलिरहन्छौं ।

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *