मैले सबै इसाराको भाषा बुझेको छु
अतृप्त नयनका आभिलासा बुझेको छु
तिमी सधै गाजल लगाएर छोप्छौ
भित्र गहिराइको परिभाषा बुझेको छु
मैले सबै इसाराको भाषा बुझेको छु
मलाई पाउने त्यत्रो सङ्घर्ष तिम्रो
मैले हर् खेल हर् पासा बुझेको छु
मैले सबै इसाराको भाषा बुझेको छु
हरेक दिन मुस्कुराएर निम्तो दिन्छौ
यहाँ पाहुनाको दुर्दसा बुझेको छु
मैले सबै इसाराको भाषा बुझेको छु
निर्जल किन रुखो? भन्दै हिन्छौ रे
अरुले के बुझे मैले तमासा बुझेको छु
मैले सबै इसाराको भाषा बुझेको छु
अतृप्त नयनका आभिलासा बुझेको छु
