Skip to content

फेरि यो पल आउँछ आउँदैन

  • by


मायालु मलाई अँगाल फेरि यो पल आउँछ आउँदैन
मेरो मायालाई सम्हाल यस्तो मदहोस छाउँछ छाउँदैन

बादलुको घुम्टोले छोपिदिन्छ चाँदनी रात
बेखवर जिन्दगीमा छुट्टिदिन्छ न्यानो साथ
त्यसैले त भन्छु म दुनियाँलाई भुलिदेऊ
कहिल्यै नओईलिने गरी यो मनमा फुलिदेऊ

कसैलाई थाहा हुँदैन जीवन कता मोडिन्छ
नचाहँदा नचाहँदै प्रिय चिज पनि छोडिन्छ
त्यसैले त भन्छु म खोलिदेऊ दिलको राज
बिथोलिन नदेऊ आजको रमाईलो साँझ

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *