Skip to content

रित्तिन्न कहिल्यै, झरेर आँसु


रित्तिन्न कहिल्यै, झरेर आँसु ।
न मिल्छ जोख्न यो, भरेर आँसु ।

सागरको उपमा यसैले पायो
गार्हो छ हिड्न लौ तरेर आँसु ।

खसेको बिंज त आउछ उम्री
के फल्छ ? धर्तीमा छरेर आँसु ।

नरोई बाँच्छु त सबैले भन्ला
जादैन चाहदा टरेर आँसु ।

हजारौ आफन्त छाडेर गए
न जान्छ कतै यो सरेर आँसु ।

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *