Skip to content

छचल्क्यो जवानी उबायो कसैले


छचल्क्यो जवानी उबायो कसैले
कसी प्रेम पाशमा डुबायो कसैले

अति प्रीतले मन्द मुस्कान छर्दै
सुधा जल खन्याई नुवायो कसैले

हुँदा अर्ध चेतमा पियाएर प्याला
समाएर तान्दै खुवायो कसैले

कुहू कोयली झैँ मधुर कण्ठ खोली
सुरिला गीतैमा रुवायो कसैले

छुटी स्नेह सामिप्यले मन दुखायो
छताछुल्ल आँसु चुहायो कसैले

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

1 thought on “छचल्क्यो जवानी उबायो कसैले”

  1. प्रिय मझेरी डट कम,
    यो निरन्तर

    प्रिय मझेरी डट कम,
    यो निरन्तर सद्भावना र स्नेह प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *