Skip to content

आखिर सबै संसार मास्ने हुन्छन्

  • by


आखिर सबै संसार मास्ने हुन्छन् अभागीको
पिर ब्यथा मनका कस्ले, सुन्छन् अभागीको ।

जो ओराली लागेको छ त्यसैलाई खेद्दै सबले
बिना काममा फसाउँदैजाल, बुन्छन् अभागीको ।

लात मार्दै दबाउछन् निर्दो हार्नै पर्ने आखिर
अन्यायमा बोल्ने मुख थुन्छन् अभागीको ।

संसारको रीतै यस्तै कस्लाई दोष दिनु यहाँ
चोट दिदै घाउ बिचमै, छुन्छन् अभागीको ।

के दिन्थे र गरी खान जलाउछन बस्ती सारा
भएको त्यै भाग्य पनि धुन्छन् अभागीको ।

रामकृष्ण पौडेल “अनयास”
भरतपुर-१३, कैलाशनगर चितवन
गजलकुन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *