बाटोभरि फूल फुले तिमीसँग भेट हुदाँ
रङ्गिएर आकाश खुले तिमीसँग भेट हुदाँ
क्याक्टसको खेती हुने मेरो मरुभूमिमा
लहलह सप्ना झुले तिमीसँग भेट हुदाँ
निस्तो श्वास निल्न गाह्रो छट्पटी चल्थ्यो
सुवासिलो बतास हुले तिमीसँग भेट हुदाँ
हाईपोथेसिस त्यागेर नोस्टालिज्म अंगाल्दाँ
सफलताका धुरी चुले तिमीसँग भेट हुदाँ ।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
