कुन्नि किन हाँस्दाहाँस्दै रुन्छु अचेल
आसुँले नै तन मन धुन्छु अचेल
बियोगको पीडाभित्र डुबी हिड्दा
जताततै चित्कार यो सुन्छु अचेल
चर्की गए शिशा झै लक्ष्य बिपनामा
सारा रहर सपनामै बुन्छु अचेल
कसिलो नाता मृत्युले नै खोसेपछि
पिरले मुटु झिरमा उन्छु अचेल
अब यो जन्ममा कहिल्यै नभेटिने
खबर सुन्दा बेहोस् नै हुन्छु अचेल

धन्यवाद रेखा सम्बाहाम्फे हजुर
धन्यवाद रेखा सम्बाहाम्फे हजुर को गजल एकदम स्पर्शमय लग्यो आशा छ आगामी दिनमा पनि यसरी हजुर को जगल बचन गर्न पाउने छु
nice Gazzal
nice Gazzal