Skip to content

मेरै यादले सपनीमा कराउँछ्यौ

  • by


मेरै यादले सपनीमा कराउँछ्यौ रे अचेल
लेकबेँसी गर्दा गर्दै टोलाउँछ्यौ रे अचेल ।

बिछोडको बियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउँदा तस्बिर हेरी हराउँछ्यौ रे अचेल ।

दोबाटोमा पर्खिएर ओठमा मुस्कान छर्दै बसी
रुदा रुदै मन सानो गराउँछ्यौ रे अचेल ।

भोकै छौ भन्दा सुन्छु, चिन्ता पिरले सताएर
याद र आँसु खालि पेटमा भराउँछ्यौ रे अचेल ।

यो दुःखीको संसारमा तेरो बास भए प्रभु !
भेट गराईदे भन्दै आखिर फराउँछ्यौ रे अचेल ।

रामकृष्ण पौडेल”अनयास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *