Skip to content

सबै ओर्लन्छन शहर

  • by


सबै ओर्लन्छन शहर, गाउँ म चढ्ने भएँ
लेख्नेहरूको भिडमा, एक्लो म पढ्ने भएँ

पागल बस्ती पढेँ, मलाई बहुला भने
पागलहरूको संख्यामा म बढ्ने भएँ

सत्य बोल्छु तितो हुन्छ, गुलियो के बोलुँ?
नबोलेरै बरु तीर जस्तै म गढ्ने भएँ

हिसाब किताब नजान्दा अप्ठयारोमा परेँ
सबै जोड्छन जिन्दगी म चाहिँ घट्ने भएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *