Skip to content

मुटुभित्र असह्य चोट पर्नु परे जिन्दगीमा


मुटुभित्र असह्य चोट पर्नु परे जिन्दगीमा
नयनबाट धेरै आँसु झर्नु झरे जिन्दगीमा

हृदयमा पलाएका सारा रंगीन् कल्पनाहरू
नियतिले बज्र हानेर मर्नु मरे जिन्दगीमा

आत्माभित्र गम्भीर व्यथा लुकै दुनियाँको सामु
बनावटी यो हाँसोहरू छर्नु छरे जिन्दगीमा

बिपतिमा टेक्दा जतै भास्ने धर्ती यो समतल
बनाएर हिड्ने जंघार तर्नु तरे जिन्दगीमा

थकित मेरो जीवनलाई घिसार्दै अघि बढ्ने
अथक हर्- प्रयासहरू गर्नु गरे जिन्दगीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *