दुखेन यो मन कहिल्यै पहिले दुख्यो आज जति
बन्द यो ओठ छ होश गुम छ आँशु त कतिकति ?
ओईराएँ भएभरको माया हृदय रित्त्याएर
कठोर् रैछ मुटु तिम्रो रहेनछ माया एक रत्ति
हाँस्छु कैले रुन्छु कैले सामिप्यता हरण हुदाँ
बोल्दिन अहँ चल्दिन अहँ पागल भाछु म त्यति
शितल जून हौ कोमल फूल हौ सोच्थेँ यस्तै यस्तै
घात दियौ यस्तरी तिम्ले मुटु पोल्याछ भत्भति
विचारहरुको खाडल यहाँ परेको छ आज
उसै गरी ‘अतृप्त’मनको वेचैन बढेकोछ अति
राजेश रुम्बा लामा ‘अतृप्त’
