ए भमरा ! फूललाई मायाले घेरेर आऊ
रस चुस्न बोटलाई मुटुले बेरेर आऊ
कोपिला र ओइलेको फूलमा हैन निम्त्यायो
भने मात्र फक्रेको फूललाई हेरेर आऊ
नगाड है जबर्ले खिल तिम्रो बरु जरामा
धमिरा नलागोस भन्ने सोंच फेरेर आऊ
यै बगैंचाको भमरा हौ भने कर्तब्यनिष्ठ भै
कम्जोर मालीको मज्बुर दयाले टेरेर आऊ
त्रासित छ फूल्बारी नै फूल्को सुगन्ध लुट्छौ रे
भमरा ! हिँसा त्यागी दिल्मा स्नेह केरेर आऊ

ओइलिएको फूलमा रस कहाँ भेटुं र
ओइलिएको फूलमा रस कहाँ भेटुं र चुसौ
बाग भित्र माली होला कसरी म घुसौ ?
nice gajal
thanks jeetu ji, for nice
thanks jeetu ji, for nice coment