वारिपारि दुई आँखा भयो हेरा हेरी
फूलसँग भँवराको मायाँ बस्यो फेरि
सधैं सधैं एक्लै रहँदा छुट्टिएर मुटू
दिन रात सम्झनाले खाने कुटु कुटू
फेरि आज मन भित्र चल्यो आँधी बेह्री
फूलसँग भवँराको मायाँ बस्यो फेरि
मन न हो कैले काँही हाँस्छ कैले रुन्छ
काँडा जस्तो भए पनि गुलाबमै हुन्छ
राखुँ लाग्ने बतासलाई अंगालेमा बेरी
फूलसँग भवँराको मायाँ बस्यो फेरि
