पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।
गाँस बास कमाई गरी खाने बाटो छैन देशमा
जानु पर्यो बिदेशीको आखिर आज पाउँमा प्यारा ।
मेला पर्म अईचो पैचो गरी टार्छु बरु छाक
मेरो लागि आफ्नो जीवन नराख न दाउमा प्यारा ।
भाग्यले नै ठगेपछि छुट्टिएर बस्दा हामी
गाउँले पनि नुन छर्छन् गरिबीको घाउमा प्यारा ।
लेक बेसी वन पाखा तिमी आउने बाटो हेर्दै
अभावैमा काटे जीवन सौभाग्यको नाममा प्यारा
रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज भरतपुर-13,चितवन
