ऊ त मेरो आँखाभित्र बस्ने नानी रैछ
हर्ष विस्मात जताउने तातो पानी रैछ
रित्तो मेरो आँचल थियो ममताको कमि
भर्यो माया ममताले ठूलै खानी रैछ
कस्तै आपतविपत परोस आत्तिदैन ऊ
धैर्यशिल साहसिलो निडर् बानी रैछ
आफू रित्तो हुन्छ बरु अरुलाई भर्छ
परे मुटु झिक्छ आफ्नै मान्छे दानी रैछ
यस्तो होला उस्तो होला सोचें मेरो जीवन
सोचे भन्दा फरक मेरो जिन्दगानी रैछ ।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
