Skip to content

दुई मुक्तक (आजभोलि, जीवनदेखि)

  • by


मैले भनेँ –
आजभोलि निकै सस्तो भएको छ मेरो नाम
मुस्लिमले अल्लाहको ठाउँमा जपे जस्तो राम ।
जस्तै बोटमा फुलेपनि सुगन्धित भै झुलेपनि
बाटोमुनि फुल्ने फुलको मन्दिरमा छ र के काम ?

उनले भनिन् –
जीवनदेखि कहिले पनि हरेस खानुहुन्न
कुमार्गमा हिडी गाजा चरेस खानुहुन्न ।
बाटो मनि फुल्ने फूलको आउछ एकदिन पालो
अफ्ठ्यारो छ बाटो भनी ठेस खानुहुन्न ।।

घायलश्री
पर्वत
हाल म्याग्दी
9847712474

Leave a Reply

Your email address will not be published. Required fields are marked *