घुँडा टेकी साथ माग्नुभन्दा पराई हुदैछु
माया भनी पछि लाग्नुभन्दा पराई हुदैछु
आँशु बगी ताल जम्दा याहाँ पाईन साथ त्यो,
मर्यादाको रेखा नाग्नुभन्दा पराई हुदैछु
घरि-घरि तिम्रो विम्व बोल्दा सपनी बिथोल्दै,
मध्य राति झस्की जाग्नुभन्दा पराई हुदैछु
मृगतृष्णा भयो माया मेरो यो जुनी हेर न!
लाज मानी अब भाग्नुभन्दा पराई हुदैछु
दुई तट जस्तो भयौ हामी मिलन नहुने,
प्रीत सोची ढुंगा दाग्नुभन्दा पराई हुदैछु
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल-कोरिया

कति गर्छौ सानु तिमि कल्पनाका
कति गर्छौ सानु तिमि कल्पनाका कुरा
छोड अब देखि गर्न सम्झनाका कुरा ||
गजल मिठो बनेको छ
ati mitho gajal chh
ati mitho gajal chh