Skip to content

कस्तो यो याद दिएर गयौ

  • by

कस्तो यो याद दिएर गयौ न राख्न सक्छु न भुल्न
ईन्द्रेणी सप्ना आएर आँखामा न नाच्न सक्छ न झुल्न

सुस्तरी तिमी आएथ्यौ अनि अधरमा चुम्बन् गर्यौ
रित्तो थेँ म बुझेर तिम्ले मायाका रङ्ग भर्यौ
गाढा थ्यो माया फिक्का थेँ म न मिस्न सकें न घुल्न
कस्तो यो याद दिएर गयौ न राख्न सक्छु न भुल्न
ईन्द्रेणी सप्ना आएर आँखामा न नाच्न सक्छ न झुल्न

परेली मेरा भिजेका थिए ओभाए तिमीलाई देख्दा
अध्याँरो थियो उज्यालो दियौ यो गीत मैले लेख्दा
‘मुसुक्क हाँस्यौ तर खै किन न हाँस्न सकें न खुल्न
कस्तो यो याद दिएर गयौ न राख्न सक्छु न भुल्न
ईन्द्रेणी सप्ना आएर आँखामा न नाच्न सक्छ न झुल्न

कस्तो यो याद दिएर गयौ न राख्न सक्छु न भुल्न
ईन्द्रेणी सप्ना आएर आँखामा न नाच्न सक्छ न झुल्न

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *