Skip to content


यो कस्तो सहर
यहाँ
मान्छेको संख्या
दिन प्रतिदिन
बढ्दै गइरहेको छ,
खानेपानीको हाहाकार
थपिदै गइरहेको छ,
प्रदूषणको त कुरै नगरौं
ध्वनिको प्रदूषणले
कानै फुट्न लागीसक्यो,
लोडसेडिङ्गको इतिहास
वर्तमानसम्म मात्र होइन
भविष्यसम्म लम्बिने भइसक्यो,
अस्पतालमा भर्ना नपाउनेको
ताँति पनि निकै लामो भइसक्यो,
घरको संख्या बढ्दै गइरहेछ
यो राजधानी सहर
घरैघरको जङ्गल भइसकेको छ,
यस सहरमा
तैपनि
डेरा खोज्नेको जमात अथाह छ
मेरो पनि डेरा खोज्नु पर्ने वाध्यता
डेरा खोज्दै हिँड्दा
खाली कोठा पाउन
हम्मे हम्मे भइरहेको छ,
आखिर सहर त सहरै हो
देशको राजधानी पनि हो
जे जस्तो भए पनि
यो काठमाडौं सहर मेरै नै हो ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,
९३५/५४, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *