सधैंभन्दा आज बढी म खुसी भाछु
हिरारत्न मन्मा जडी म खुसी भाछु
धेरै पल्टको प्रयासमा बल्ल आज
खुड्किलो एउटा चढी म खुसी भाछु
काँ जाऊँ के गरौं? अन्योलमा परेथें
भेटें साहित्यको कडी म खुसी भाछु
गर्नुपर्छ केही जन्मेपछि मान्छेले
यही कुरा मनमा गडी म खुसी भाछु
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
