प्यास तिर्खा सँगसँगै जल पाईन्छ ।
भनिन्छ संगत गुणा फल पाईन्छ ।
बलभन्दा बुद्धि ठुलो कसरी भो ?
बलमा बुद्धि बुद्धिमा बल पाईन्छ ।
खडेरीमा पानी संग्लो हुन्छ बरु
वर्षा लागे खोलामा भल पाईन्छ ।
साहित्यले कसलाई छुँदैन र आचेल ?
सारा संसारमा हल चल पाईन्छ ।
मुक्तक, हाईकु, घोचो, नियात्राका साथै
हाम्रो साहित्य यात्रामा गजल पाईन्छ ।
