Skip to content

आजभोलि तिमी त्यसै रिसाउँछौ

  • by


आजभोलि तिमी त्यसै रिसाउँछौ
तर पनि थोरै माया मिसाउँछौ

दु:ख बिसाउने चौतारी पो ठान्यौ
भएभरको पीडा ल्याई बिसाउँछौ

जब छुन्थ्यौ बल्थ्यो आगोसरी जिउ
तातात्तो सम्बन्ध आफै चिसाउँछौ

बैरी लाग्यो, घुन लाग्यो हाम्रो मायामा
घुनसँगै यो मन पनि पिसाउँछौ

राजेश रुम्बा लामा’अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *