मेरो भाग्य फुटाउने, शहरको मान्छे
सारा सपना टुटाउने, शहरको मान्छे
कति दिन बाँच्लास, हेर्छु म पनि
ठगेर छाक जुटाउने, शहरको मान्छे
ढाँट्ने छल्ने लुट्ने, निर्धोलाई कठै !
विना कारण कुटाउने, शहरको मान्छे
कालो कर्तुतले मिठो, खाएर आफु
अरुलाई मुख चुटाउने, शहरको मान्छे
धर्म कर्म र मानवता, गुमायो हरे !
भुटिने र भुटाउने, शहरको मान्छे
दानव संसारबाट कहिले फर्कन्छस् ए,
दिउँसै ईज्जत लुटाउने, शहरको मान्छे
स्मरण रहोस् रावण हार्छ रामायणमा
राम सीता छुटाउने, शहरको मान्छे
