धमिलो कुवा हैन सङ्लो खोलाको पुल तर्नु नारी
रुढीवादी संस्कार हट्ने चेतना बाड्ने गर्नु नारी
सृष्टिको रचना गर्ने धर्तीको माता महान तिमी
न्यायको खोजीमा सधै बिद्रोही भएर सर्नु नारी
घरधुरी मै खाँदेर रहेका तिम्रा साहासहरू
फुटाइ अधुरा सपनामा रङ्गै रंग भर्नु नारी
पुरुष झैँ अधिकार लिन संघर्षको मैदानमा
उत्रि थन्केको कानुन खोज्न लागि पर्नु नारी
लैङ्गिक भेदभाव तोडी समान अधिकार पाए
समाज देशको लाभ हुन्छ भनी ज्ञान छर्नु नारी
