Skip to content

बुझ्छ कस्ले पीडा

  • by


बुझ्छ कस्ले पीडा ती पिएका मान्छेको
आफैँ बिर्सी नसामा जिएका मान्छेको,

हेरेर प्रेमानुभाव हुने भएदेखि,
कुनै अर्थ हुन्न दिल दिएका मान्छेको,

टुक्रिएको मन कहाँ जोडिएको छ र,
लाखौँ कोसिसले मन सिएका मान्छेको,

मुखले त बन्यो देश कामले बनेन,
भर छैन यी सपथ लिएका मान्छेको,

महलभित्र कहिले हुन्छ र आदर,
खुन पसिना बगेर खिएका मान्छेको

जे. आर. “आभास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *