Skip to content

अप्ठ्यारोमा पर्दा हात दिन्छ

  • by


अप्ठ्यारोमा पर्दा हात दिन्छ मेरो साथी
परी आए पीरमर्का थाप्छ आफ्नै छाती

खुट्टा तान्ने प्रवित्तिलाई चट्ट त्यागेर
आफ्नो स्वार्थ नहेरी तान्छ मलाई माथि

नाता गाढा रगतको त्योभन्दा भावनाको
आफू भलो जगत भलो कोही छैन घाती

चोखो छ त्यो हृदय निर्मल निश्छल भावना
देवी देवता पुज्नलाई ऊ नै फूलपाती

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *