Skip to content


रमाउने इच्छाले प्रेरित मस्तिष्कहरू
सूक्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरू
अर्काको मन बुझ्न खोज्ने मनहरू
थाहै नपाई नाङ्गिएझैँ शिशीरका वृक्षहरूजस्तो
नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरू ।

कस्तो विडम्बना
के नाङ्गिनै पर्छ वसन्त ल्याउन वृक्षहरूले ?
के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरूले ?
आवश्यक छैन
रुखहरूले शिशीरमा नाङ्गिनैपर्छ भनेर
नाम नाममा लज्जित आँखा जन्माउनैपर्छ भनेर
यसो नहुने हो भने
नाङ्गिएर आउने वसन्तको खाँचो छैन
पात्तिएर आउने सभ्यताको मृ्ल्य छैन
यो कलम पनि जोडतोडका साथ
ह्वालह्वाली मसी छाद्दो छ
शिशीरलाई पचाएर रुखहरू वसन्त अंगालृ्न्
अत्याधुनिकता पन्छाएर
मान्छेहरू संस्कारपृ्र्ण सभ्यताको
गम्भीर पहाडहरू उक्लियृ्न्
दानव मन पन्छाएर मानव मन धारण गरुन् ।

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *