Skip to content


सडकहरू कालाम्मे थिए
अग्नि ज्वालाले त्राहीमाम थिए
कोलाहल सर्वत्र व्याप्त थियो
त्यसैबीच एक नावालक उत्रियो
टपक्क टिप्यो, छेवैको एक टुक्रा ईँट
र अर्जुनको झैं निशाना लगायो
एक आँखाले दिशा निर्क्योल गर्यो
र हुइँक्यायो,
अन्धो ईँटले
एक मानव मृ्र्तिलाई सडकमा पछार्यो
यत्रतत्र रगताम्मे पार्यो
र फटाफट शंखघोष भयो
अश्रुग्याँस रङमङ्गियो
ढुङ्गा-इँट गोला-बारुदमा परिणत भए
निकैबेर कोलाहल मच्चियो
मच्चियो, निकैबेर मच्चियो
मच्चिदा-मच्चिदा थाकेर थच्चियो
पुनः सडक एकक्षण शान्त भयो,
दर्जनौं शरीरलाई सडकले सताएछ
रगतको आहाल बनाएछ
त्यसमा एउटा मागी खाने अन्धो पनि परेछ
त्यसमा एउटा बाटो हिंड्ने अपाङ्ग पनि रहेछ ।।

नन्दलाल आचार्य
तपेश्वरी १, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *