फूल लिएर जान्छौ
रंगीचंगी सिन्दुरे अबिरहरूले सजाँउछौ
मनमा शब्दहरूको पोको बोकेर हिडछौ
हरेक दिन मन्दिरमा धाँउछौ
दुई हात जोडी शीर निहुराएर झुक्छौ
अनि हे ! ईश्वर पुकार्दै भन्छौ
मनका कुराहरू पोखाँउछौ
आखिर के पाँउछौ ?
तिम्रो कुरा सुन्नै सुन्दैन
बोलाउदा बोल्नै बोल्दैन
उस्का कानहरू बुच्चिएका छन्
उस्का ओठहरू खुम्चिएका छन्
उस्का मनहरू टालिएका छन्
तिम्ले गरेका भाकलहरू
तिम्रा हरेक अभिलाषाहरू
निर्दोष प्राणीका बलिदानहरू
निमोठिएर टिपेका फूलका बैँशहरू
ब्यर्थै सिद्ध हुनेछन्
तिम्रो मनमा अलिकति पनि दया पलाउन सकेन
ती युगौदेखि रोगले सताएका मूर्तीहरूलाई
दूधको पोखरीमा स्नान गराएर
रगतको खोला बगाएर
सुगन्धित धुपी र सल्लाका हाँगाहरू लाछेर
के उपलब्धि भयो ?
तिमी आफै रोगी भएनौ र
अब छैन् मन्दिरमा ईश्वर
अब छैन् मूर्तीहरूमा ईश्वर
नमाग वर्दानका थुप्रोहरू
नचढाउ रगतका बलिहरू
तिम्रा बैंषलाई नवनाउ योगी
मरेर स्वर्ग कस्ले देख्या छ र
जीउदै को फर्किआएको छ र
ईश्वरलाई पुकारछौ
बरू सच्चा ईश्वर खोज्छौ भने
जाऊ सडकका गोरेटोहरूमा
उठाऊ रोगले लम्पसार सुतेका बिरामीहरूलाई
खुवाऊ
पिलाऊ
सन्तुष्टि देऊ
तिन्का आशिर्बादहरू
तिम्रा निम्ति ईश्वर हुनेछन्
तिन्का अमुल्य आँशुहरू
तिम्रा निम्ति सदाबहार
प्रगतिपथमा पुग्ने शिखरका बाटोहरू हुनेछन् ।
