मूर्ति पूज्दै हिड्छ मान्छे सुख पाउन होला
त्यो समुद्रमा सबै मिल्छन् यी बगेका खोला
गंगा नुहाई शिव भज, देव फेरिदैन
धर्ती, नारी ब्रह्मा जान, बीज उसकै चोला
जहाँ जाउ जे जे गर, ईश्वर तिमीसँगै
उसको बीज तिमी मान्छे, तिम्रो देह झोला
म भन्ने तिम्रो शरिर, ऊ बिना बाँच्ने छैन
यी ढुङ्गासँग सुख माग्दै, मान्छे किन रोला ?
एकै देव आत्मासँग, त्यो रुप अव्यय छ
आत्म चिनी पूज्न सके, सुख शान्तिले छोला
