स्मरणमा अपमानित मनको लाम लागिरहेछ
आज पनि त त्यहिँ आँगनमा घाम लागिरहेछ
कुरा बुझ्न गाह्रो पर्दैन तिम्रो व्यवहारहरू सधैँ
फेरी किन नगरेको गल्ती मेरै नाम लागिरहेछ ?
तिमीले मुटु दुखाउन दिएको तस्विर हेर्दै रोए
आज पनि आँशु बगाउन झनै काम लागिरहेछ
मन बुझाउन दिएको अन्तिम पत्र अध्यान गर्दा
मलाई खै किन धागो बानेको खाम लागिरहेछ
अँध्यारा कुनामा हराइरहेका महल अनि मन
बारम्बार मलाई तर्साउने समसान लागिरहेछ
तड्पिएको समयसँग बाच्न खोज्दैछु अझै यहाँ
अन्त्यष्टिका लागि नि कालको दाम लागिरहेछ
मनोज शंकर
