Skip to content

कस्तो हुन्छ चोखो मायाँ

  • by


कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ

बाध्यता र विवसताका कथा व्यथा जति सबै
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ

सतहलाई नियालेर देखिँदैनन भित्री कुरा
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ

गाह्रो छ कि सजिलो छ बिछोडमा जिउनु पर्दा
प्रत्येक पला तड्पिएर मर्नेलाई नै थाहा हुन्छ

कसले लुट्यो सुख, शान्ति, रमाइलो र हाँसो अनि
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *