वर्तमान नेपालमा देखिएको गञ्जागोल राजनैतिक अवस्था र व्यवस्थालाई औंल्याउँदै यसो भन्न मन लाग्छ मलाई ।
धर्धरी रुवायौ नि आमालाई, बगेको आँशु देख्दैनौ नेता
अन्याय अत्यचार हावी भो, चुलिंदो महङ्गी छेक्दैनौ नेता ।
राजनीति तिम्रो कस्तो हो, के-कस्का लागि लड्दैछौ आज ?
भुलायौ निमुखा जनता, सहमति कतै भेट्दैनौ नेता ?
आशाको दियो बलेको थियो,प्रगति विकास् आउँछ कि भन्दै
डुबायौ स्वार्थमा ईमान त्यो, विमति धार मेट्दैनौ नेता ।
देशको खातिर् बलिमा चढे, भुल्यौ कि अमर सपूत वीर
दु:खले आर्जेको मुलुक हो, आदर्श पाइला टेक्दैनौ नेता ।
सत्ता र कुर्सीको खेलमा, नचूकाऊ मूल्य जनको धैर्या
धिक्कार्छन् तिमीलाई आँशुले, विधिको विधान लेख्दैनौ नेता ।
रुप अनुरागी
