Skip to content

सोचेभन्दा औधी माया गर्छे

  • by


सोचेभन्दा औधी माया गर्छे यो काली त
तिम्रै निम्ती फुल्छे अनि झर्छे यो काली त

ढुक्क हुन्छु आकाश छुन्छु तिमी सँगै भए
सयौं खोला परे गंगा तर्छे यो काली त

मारे पाप पाले पुण्य तिम्रै शरण पर्छु
आफ्ना छाडी पराई घर् सर्छे यो काली त

सहन्छु म कस्तै पीर कस्तै व्यथा पनि
हेर्दै जाउ तिम्रो दु:ख हर्छे यो काली त

छोडें मैले आफ्ना आरा छोडें जिन्दगी नै
धरोधर्म तिम्रै लागि मर्छे यो काली त

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *