छल गर्यो ? बल गर्यो ? खै के गर्यो ? सम्झना उस्कै छ
टुना पर्यो ? मुना पर्यो ? खै के पर्यो ? सम्झना उस्कै छ
ब्ल्याक एण्ड व्हाईट जिन्दगीको क्यानभासमा आज फेरि
रङ्ग भर्यो ? ढङ्ग भर्यो ? खै के भर्यो ? सम्झना उस्कै छ
अहिल्यै यहीं थियो यो मन अहिल्यै कता गयो हजुर ?
यता सर्यो ? उता सर्यो ? खै काँ सर्यो ? सम्झना उस्कै छ
खाली थियो सिउँदो मेरो ऊ आयो अनि सिंदुरसँगै
शान छर्यो ? मान छर्यो ? खै के छर्यो ? सम्झना उस्कै छ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
