सम्झिएर कसुर तिम्रो हाले रिट अदालतमा
माया लाउँदा हार जित कस्को सबै हुन्छ वकालतमा
मुद्दा त्यतै पल्टियो भने सहुँला हारको चोट
नत्र भने तिमीलाई राख्छु मनको हिरासतमा
देखाउछु कट्घरामा उभिएर सबुत प्रमाण सहित
तिमीले पठाएका एकाएक पत्र राखेकोछु हिफाजतमा
मायाको हत्कडी लगाएर बनाइदियौ कैदी आज
तिम्रो खिलापमा काटिनेछ चिठ्ठि मेरै करामतमा
जब घोषणा हुन्छ मास मेरै ताली बजाउछन
बिचरा तिम्रोभन्दा केही धेरै छ मेरो मतमा
रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज
