पक्कै ! पत्थर पनि एकदिन फूल हुनेछ
नसुध्रिए अब नेताहरू यो भुल हुनेछ
मर्छन जब देशको चोर-भ्रष्ट नेताहरू
फुकेको शंख शान्तिको बिगुल हुनेछ
चुस्छौ चुस रगत जनताको शोषकहरू
ढाक्ने पछि नत्र किटनाशक झुल हुनेछ
हर गाउ-बस्तीबाट गुञ्जिन्छ नाराहरू
जनताहरूको आवाज तिखो त्रिशुल हुनेछ
प्रतिकारमा उत्रिन्छौ लड्न दुश्मनसँग
देशको खातिर मृत्यु पनि कबुल हुनेछ
