दुनियालाई झुक्याउन शिवनाम जप्दैछौ
धर्मको आडमा आखिर धनसम्पत्ति थप्दैछौ
गरिबलाई ठगी हिंड्छौ मुखले भन्छौ बमबम
पैसाको लोभमा परी आफ्नो इमान सक्दैछौ
गाँजा अफिम भाङ् धतुरो शिवजीको बुटी भन्दै
जानी जानी नशाको कुलतमा फँस्दैछौ
दुखीको सेवा गर अनि पाउँछौ ईश्वर
दिनभर भोकै बसी ब्यर्थ सास्ति खप्दैछौ
जति तिमी पूजा गर के बोल्छ र पत्थर
किन आज भ्रममा परी जीवन अन्तै लग्दैछौ ?
