Skip to content

नयाँ वर्षको शुभकामना

  • by
BirBahadurThakuri

सुखले खानु पुगोस्,
खुशीले दिनु पुगोस्
चिताएको ठाउँमा जानु पुगोस्,
अस्पताल धाउनू नपरोस्,

मुकद्मा लड्नू नपरोस्,
सानोतिनो कामको लागि
कसैको पाउ मोल्नु नपरोस्,
नबोल्नेसाँग बोलाइरहन नपरोस् ।

लाजले भुत्तुकै भएर टोलाइरहन नपरोस्,
छुटेको, फुटेको टुटेको साइनोहरू पुनःजोडियोस्,
माया लाउनेहरूसँग काया बनेर बस्नुपरोस्,
ताराहरूबीच जुन बनेर उदाउनु परोस्,
चन्द्रमा दाहिने होऊन्,
शत्रुहरू निमिट्यान्न होऊन् ।

भुत, प्रेत, लागु-सागु सबै मन्सिहाल्नून्,
काल, कोरोना र काँडाहरू सबै पन्सिहालुन्,
व्यभिचारी, र भ्रष्टाचारी सबै थङ्किहालुन्,
गाउँ र सहरको उन्नति नभए पनि
तिम्रो उन्नति भइरहोस्,
कामै नगरिकन
कुबेरको धन प्राप्त गर्ने मनसाय नहोस्,
हुँदा खाने नहोस्, हुने खाने होस्, ।

बाह्र छोरा तेह्र नाति
बुढाको झोला कााँधैमाथि भन्ने
चरित्र कसैमाथि खान परोस्।

यही नै छ, प्रिये, तिमीलाई
मङ्गलमय कामना,
यही नै छ, तिमीलाई
नयाँ वर्षको शुभकामना।

मिल्टन, कनाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *