Skip to content

आज पनि उही पुरानै तारिक

  • by


आज पनि उही पुरानै तारिक खेपी धाउँदै छु
पत्र काटी बोलाउदा अदालतमा आउदै छु

हिरासतमा थियो मन धरौटीमा छाड्ने भन्छन
सबुत प्रमाण प्रेम पत्र एकेक गरी पाउँदै छु

कट्घरामा उभ्याएर दुधको दुध छुट्टा भन्छन्
गीता भाकी बेकसुरी बयान सबै गाउँदै छु

फैसलामा मन चोर्ने अपराधी हो भन्दै
पत्रिकाको पहिलो पेचमै चारैतिर छाउदै छु

रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *