Skip to content

मूर्ख बाँदर (लघु-कथा)

  • by


कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे ।

राज दरबारमा धेरै नोकर चाकरहरू थिए । तर राजाको हेरचाह गर्ने नजिकको विस्वास पात्र एउटा अति नै सोझो र ईमान्दार बाँदर थियो । ऊ हमेशा राजाको देखभालमा तल्लिन हुन्थ्यो ।

एक दिन राजा आराम गर्ने क्रममा निदाएका थिए । बाँदर राजाको छेउमा बसेर राजातिर हेर्दै थियो ।

यतिकैमा एउटा झिङ्गो उडेर आयो र राजाको खुट्टामा बस्यो । बाँदरले झिंगालाई खुट्टाबाट धपायो । झिङ्गो उडेर फेरि हातमा आएर बस्यो । बाँदरले त्यहाँबाट पनि झिंगालाई धपायो । झिङ्गो फेरि पेटमा आएर बस्यो ।

बाँदरको निकै पारो तात्यो र त्यहाँबाट पनि झिंगालाई लघार्यो । धूर्त झिङ्गो फेरि आएर राजाको घाटीमा बस्यो ।

बाँदरलाई सही सक्नु भएन र नजिकै राखेको तरबार निकाल्यो र राजाको घाटीमा बसेको झिंगालाई छप्काउने शुरमा जोडसँग हान्यो । झिङ्गो उडेर गयो र राजा दुई टुक्रा भए ।

बाँदरले पश्चाताप गर्दै रुदै भन्यो , “ झिंगाको जाल महाराजको काल ।”

अहिले हाम्रो देशमा पनि त्यस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *