Skip to content

टाढैबाट खाली नजर

  • by


टाढैबाट खाली नजर, जुधाउँछिन उनी
हेर्दा लाज्ले परेली ती, झुकाउँछिन उनी

कति चाह होला मन्मा, बोलुँ बोलुँ भन्ने,
नसकेर होला मात्र, मुस्कुराउँछिन उनी,

साथीभाइ समाजको, डरले पो हो कि ,
माया गर्छिन रेमन्मै, लुकाउँछिन उनी

बोल्दा मैले देखिन भने, कोही अरुसँग,
फर्किएर अर्कोपट्टि, घुर्क्याउँछिन उनी

आभास उन्को पाहिरहुँ, यस्तै लाग्यो बानी,
बिग्रिसकेँ अँझै किन, कुराउँछिन उनी

जे आर आभास

Leave a Reply

Your email address will not be published. Required fields are marked *