म निदाएको हर क्षण
घाम र जून घिच्ने खन्चुवाहरू
शैतानी साँडेहरू
आजकल मोटाएर बलिया हुन् थालेछन
हरदिन पोटिल्ला पोटिल्ला
भिटामिनहरू खाएर पोसिन्न थालेछन
भएको थैली पनि रित्याउन पल्किएछन
सुन्दैछु मेरा कानको
जालीहरू टाल्नलाई
धर्तीको माटो
बेच्दै छ रे
मेरो आँखामा छारो हाल्नलाई
साम्राज्यवादी सत्ताको लौरो
टेक्दै छ रे
यी शैतानी साँडेहरूका करंग भाँच्ने मन छ
सनातनदेखिको लुप्त बल छ मसँग
सोच्दैछु खिया लागेको बादल पन्छाउन
अब ब्यूँझनु छ
जुरूक्क उठ्नु छ
भयो धेरै निदाएको
मेरो नीदलाई खानेहरूको बाक्लो जरा
फेदमा बन्चरो लाएर छाँट्नु छ
तिन्का शैतानी दाह्राहरू झार्नु छ
ताकी मेरा अंगका
मांसपिण्डहरू तिनीहरूले चपाउन नसकुन
ती शैतानी साँडेहरूको हाडहरू
तीन्का रगतहरूमा चोबलेर
नयाँ शताब्दीको
नयाँ ईतिहास स्वर्णपात्रमा कोर्नु छ
धेरै भयो मात्तिएका
धेरै भयो पलाप्पिएका
बाँजो बनाएर
खर्लप्पै तीन्का नाउ नीशाना मेटाउनु छ
ता कि फेरि फेरि शोषक सामन्तिका उत्पत्ति नहोउन
